शान्ति समाजको कर्णाली केन्द्रित सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १० लाखको छात्रवृत्ति वितरण
शान्ति समाजको कर्णाली केन्द्रित सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १० लाखको छात्रवृत्ति वितरण
    • Bell Sanchar

    • २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

मानव अधिकार तथा शान्ति समाजले सप्ताहव्यापी कर्णाली केन्द्रित हिमालय बचाउँ : नदी जोगाउँ अभियान र बालिका छात्रवृत्ति अभियान सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा सुर्खेतबाट जेठ २३ देखि शुरू गरेको अभियान जुम्लाको खलंगाबजारमा शान्ति समाजले तयार गरेको अवधारणापत्र वितरणसहित प्रदर्शन र कोण सभा गरेर सम्पन्न भएको हो ।

समाजले अभियानअन्तर्गत कालिकोटको मान्म, मुगुको गमगढी र जुम्लाको खलंगाबजारमा विभिन्न कार्यक्रम गरेको थियो ।

अभियानमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कार्यबाहक सभापति कृष्णबहादुर रावल, सल्लाहकार एवं निवर्तमान सभापति गोविन्द खनाल, कर्णाली प्रदेश सचिव प्रकाश शाही, केन्द्रीय सदस्य अरुण ज्ञवाली र आजीवन सदस्य एस आर पाण्डे सम्मिलित थिए ।

यसैगरी शान्ति समाजले छोरी पढाऔँ : गरिमा बढाऔँ भन्ने आह्वानसहित शुरू गरेको कर्णाली प्रदेश केन्द्रित ३ वर्षे बालिका छात्रवृत्ति अभियानअन्तर्गत कर्णालीका ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकालाई पहिलो वर्षको छात्रवृत्ति १० लाख ८ हजार रकम वितरण गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

साताकाे चर्चित
सम्बन्धित