प्रधानमन्त्री दाहालको नर्भिक अस्पतालमा भयो पूर्ण स्वास्थ्य परीक्षण
प्रधानमन्त्री दाहालको नर्भिक अस्पतालमा भयो पूर्ण स्वास्थ्य परीक्षण
    • Bell Sanchar

    • ३० जेष्ठ २०८०, मंगलवार

 काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ ।

प्रधानमन्त्री दाहालको सोमवार नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमवार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको नर्भिक इन्टरनेशनल हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित