सेयर बजारमा सामान्य वृद्धि
सेयर बजारमा सामान्य वृद्धि
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो ।

बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।

बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४.५६ प्रतिशत)ले कमाएका छन् ।

बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ । यसको मूल्य प्रतिकित्ता १७८.७० रुपैयाँ पुगेको छ ।

अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

भूगोल इनर्जी, मल्टीप्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
शिवम् सिमेन्ट, सोल्टी होटेल, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको कारोबार धेरै भएको छ ।

साताकाे चर्चित
सम्बन्धित