कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेशसभा अगाडि थाल ठटाएर प्रदर्शन
कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेशसभा अगाडि थाल ठटाएर प्रदर्शन
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेशसभा अगाडि थाल ठटाएर प्रदर्शन गरिएको छ।

गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेशसभाबाट संकल्प प्रस्ताव पास गरेर केन्द्र सरकारमा पठाउन दवावका लागि बिहीबार उक्त प्रदर्शन गरेको हो।

सरकारले गेटामा मेडिकल विश्वविद्यालय संचालन गर्ने भनेअनुसार अब संसदमा संचालनको लागि विधेयक पारित गर्न र तत्काल ६ सय शय्या अस्पताल संचालन गर्न माग गर्दै संघर्ष समितिद्वारा आन्दोलन जारी छ।

गेटामा विश्वविद्यालय संचालन गर्ने गत माघ २९ गते सरकारले निर्णय गरेको थियो। तर, बजेट भाषणमा नपरेको भन्दै संघर्ष समितिले आन्दोलनमा उत्रिएको हो।

विरोध पश्चात सरकारले बजेट भाषणमा प्रतिष्ठान बनाउने भनेपनि गेटामा मेडिकल विश्वविद्यालय नै संचालन गर्ने भनेको छ।

सरकारले भनेको कुरा यधाशीघ्र संचालनका गर्नुपर्ने भन्दै संघर्ष समितिले आन्दोलन गर्न छोडेको छैन।

१५ दिनदेखि संघर्ष समिति निरन्तर आन्दोलन गरिरहेको छ।

गेटामा विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनलाई आगामी दिनमा थप सशक्त र प्रभावकारी कसरी बनाउने भनेर बुधबार रणनीति छलफल गरिएको छ।

धनगढीमा विभिन्न क्षेत्रका सरोकारवालासँग संघर्ष समितिले आन्दोलनको रणनीति तय गर्न सुझाव माग्न छलफल गरेको हो। सोहि रणनिति अनुसार संघर्ष समितिले आन्दोलनका कार्यक्रम अघि बढाएको छ।

साताकाे चर्चित
सम्बन्धित