प्रधानमन्त्री दाहाल , भुम्या पर्वले संस्कृतिको प्रवर्द्धन गर्दै आपसी सहकार्यमा प्रेरणा दिन सकोस्
प्रधानमन्त्री दाहाल , भुम्या पर्वले संस्कृतिको प्रवर्द्धन गर्दै आपसी सहकार्यमा प्रेरणा दिन सकोस्
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भुम्या पर्वको शुभकामना दिएका छन् ।

मगर समुदायको विशेष सांस्कृतिक चाड भुम्या पर्वको अवसरमा उनले सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा महत्त्वपूर्ण प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन् ।मगर समुदायले आज सो पर्व मनाउँदैछन् ।

साताकाे चर्चित
सम्बन्धित