सिँजामा आयोजकको तयारी नहुँदा , असार १ गते हाटबजार लाग्न सकेन
सिँजामा आयोजकको तयारी नहुँदा , असार १ गते हाटबजार लाग्न सकेन
    • उमेश बुढा

    • १ असार २०८०, शुक्रबार

जुम्ला ।

प्रत्येक महिनाको १ गते सिँजा गाउँपालिकाको नराकोट बजारमा हाट बजार लाग्दै आएको थियो भने , असार महिनाको १ गतेका दिन आयोजकको कुनै पनि तयारी नहुँदा हाट बजार लाग्न सकेको छैन ।

सिँजा गाउँ कार्यापालिकाले सफा नराकोट बजार व्यवस्थापन समितिको जिम्मा हाट बजार लगाउने भनेर गत सालमा दिएको हो । सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् ।

रोकायाका अनुसार बजार व्यवस्थापन समितिले असारको १ गते लाग्ने हाट बजारको कुनै पनि तयारी नगरेको र यसमा चाँसो नदेखाउँदा अहिले हाट बजार लाग्न नसकेको उपाध्यक्ष रोकायाले भनिन् , हाट बजार लाग्ने ठाउँमा प्रत्येक महिनाको १ गतेका दिन रोमञ्चकारी देखिन्थ्यो भने आज सुनसान देखिदा मनै उदासमय बन्न पुगेको छ ।

सफा बजार व्यवस्थापन समितिका अध्यक्ष बिजराम रानाका अनुसार असार १ गते हाट बजार लगाउने भनेर पत्रचार गरेको हुँ तर असार महिनाको रोपाइँ र घोड्मेलले गर्दा मान्छेहरुको सहभागिता हुँन नसक्दा हाट बजार लाग्न नसकेको हो । अध्यक्ष रानाले बताए ।

प्रत्येक महिनाको १ गतेका दिन हाट बजार लाग्छ भनेर नास्ताका परिकारहरु धेरै बनाइयो तर हाट बजारमा मानिस नआएपछि पुरै खानेकुरा बचेर खेर गएको छ । नराकोट बजारमा होटेल व्यवसाय गरेका भक्त बुढाले बताए ।

जेहोस हाट बजारका दिन व्यापार भएर राम्रो कमाइ हुन्थ्यो । आज हाट बजार नलाग्दा व्यापार हुन सकेन बजारमा विभिन्न व्यवसायीहरु बताउँछन् ।

हाट बजार लाग्छ भनेर घरबाट नराकोट बजारमा आयौं तर केहि पनि तयारी नभएको र हाट बजार नलाग्दा बजारमा घुमफिर गरेर घर फर्कियको सिँजा ४ गोठिगाउँकी राती बुढाले बताउनु भयो ।

असार महिनामा सिँजामा रोपाइँ र घोडाइँको चटेरो हुने भएकाले गाउँ ठाउँबाट मानिसहरु हाट बजामा निकै कम सङ्ख्यामा उपस्थिति भएको देखिन्छ । हाट बजार लाग्ने ठाउँमा २० देखि ३० जनाको सङ्ख्यामा महिलाहरुले दिउँसो साढे ३ बजे देउडा लेखेको देखिन्छ ।

यस महिना भन्दा अगाडि लागेको हाट बजारमा २ हजार भन्दा बढिको सङ्ख्यामा मानिसहरु हाट बजार हेर्न आएका थिए । हाट बजार लाग्ने ठाउँमा ३० जना भन्दा बढी नभएको देखिन्छ ।

हाट बजार हेर्न आएका पनि हाट बजार लाग्दैन भनेर नराकोट बजारमा डुलेर घर फर्किएका छन् । नियन्त्रण रुपमा चल्दै आएको हाट बजार यस महिनामा खासै लाग्न सकेन् । सफा नराकोट बजार व्यवस्थापन समिति आयोजकले नत साउण्ड सिस्टमको व्यवस्थापन गरेको नत आफू उपस्थिति भएको स्थानियहरुको बनाई छ ।

साताकाे चर्चित
सम्बन्धित