पत्रकार मोहन बिक्रम शाही पुरस्कृत
पत्रकार मोहन बिक्रम शाही पुरस्कृत
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

 जुम्ला ।

लामो समय देखि पत्रकारिता गर्दै आएका जुम्लाका क्रियाशील पत्रकार मोहन बिक्रम शाहीलाई गौरि अर्जुन क्रियाशील पत्रकारिता पुरस्कार बाट पुरस्कृत गरिएकोछ।

नेपाल प्रेस युनियन जिल्ला शाखा जुम्लाको चौथो जिल्ला अधिबेशनको अवसरमा आज जुम्लाको कान्जिरुवा होटलमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो।

नेपालका ख्यातिप्राप्त मिडियाहरु न्युज २४, ग्यालेक्सी फोरके र हाम्राकुरा डटकममा जिल्ला संबाददाता भएर जुम्लाका हरेक बिषयहरु समाचार मार्फत शाहीले उठान गर्दै आएकाछन।

संचार र बिजुलि नभएको जुम्लाको सिंजा क्षेत्रमा एफ एम रेडियो खोलेर दुरदराजका जनतालाई पत्रकार शाहीले सुचनाको पहुँचमा पुर्याएकाछन।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने क्रियाशील पत्रकारहरुलाई हरेक बर्ष बितरण गरिने सो पुरस्कार यश बर्ष नयाँ पत्रिकामा कार्यरत पत्रकार मानदत्त रावल र मोहन बिक्रम शाहीलाई प्रदान गरिएको हो।

साताकाे चर्चित
सम्बन्धित