सिँजा गाउँपालिका स्तरीय निबन्ध प्रतियोगितामा फुटाशिली आवि धितालिही प्रथम
सिँजा गाउँपालिका स्तरीय निबन्ध प्रतियोगितामा फुटाशिली आवि धितालिही प्रथम
    • उमेश बुढा

    • २ असार २०८०, शनिबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका स्तरीय निबन्ध प्रतियोगितामा फुटाशिली आधारभूत विद्यालयकी छात्रा जुनदेबी रावत प्रथम भएकी छन् ।

श्रि केदारनाथ आधारभूत विद्यालय बारेमा शुक्रबारे कार्यक्रममा सिँजा गाउँपालिका भित्र रहेका २२ ओटा विद्यालयहरु सहभागी भएर निबन्ध प्रतियोगितामा भाग लिएका थिए , आयोजक बारेले जनाएको छ ।

निबन्ध प्रतियोगितामा छात्रा तर्फ प्रथम फुटाशिली आवि धितालिहिकी जुनदेबी रावत, दृितिय केदारनाथ आवि बारेकी शारदा बुढा, तृतीय
कैलाश मावि फुग्रकी पृया बुढा र सान्त्वना मावि जोडुकी अनिशा रावल रहनु भएको सिँजा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख संकर धितालले बताउनु भयो ।

धितालका अनुसार छात्र तर्फ मालिका मावि धापाका रमित आचार्य प्रथम, फुटाशिली आवि धितालिहिका भावुक धिताल दृितिय, भैरव मावि नराकोटका लोकेश उपाध्याय तृतीय र कैलाश मावि फुग्रका बिशाल बुढा सान्त्वना स्थानमा आउनु भएको हो ।

सिँजा गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शुक्रबारे विभिन्न कार्यक्रम गर्दै आएका छन् । अतिरिक्त कृयाकलाप गर्दै पालिका स्तरीय प्रतिस्पर्धात्मक गराउँदै आएको शिक्षा तथा खेल
कुद शाखाले बताउनु भयो ।

सो प्रतियोगिता भने, नेपाली सस्कृतिमा आधारित भएर प्रतिष्पर्धा भएको थियो । कार्यक्रमको आयोजक केदारनाथ आवि बारे रहेको र आर्थिक सहयोग सिँजा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित