मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन
मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

जनकपुरधाम ।

मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ ।

प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।

सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् ।

त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ । जसमा कांग्रेस र एकीकृत समाजवादीमा पार्टीभित्र कसलाई बनाउने टुंगो नलाग्दा दुईवटा समितिमा सभापति यचन गर्न बाँकी छ । केही दिनभित्रै दुवै समितिले सभापति पाउने सचिव यादवले बताए ।

यसअघिल्लो कार्यकालमा एकवटा संसदीय समितिमा पनि महिला सहभागिता थिएनन् । यसपटक पाँचवटा समितिले सभापति पाउँदा तीनवटामा भने महिलाले नेतृत्व पाएको छ ।

साताकाे चर्चित
सम्बन्धित