नेप्से ५२ दशमलव २६ अङ्कले बढ्यो
नेप्से ५२ दशमलव २६ अङ्कले बढ्यो
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५२ दशमलव २६ अङ्कले बढेको छ ।

आइतवार ५२ दशमलव २६ अङ्कले बढेर नेप्से दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् । ​

आइतवार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा छ सय ९४ दशमलव १४ र निर्जीवन बीमा समूहको उपसूचकमा पाँच सय दशमलव ३० अङ्कको वृद्धि  भएको छ ।

विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन दुइ सय ९४ दशमलव ४०, जलविद्युत् एक सय दुइ दशमलव ०१, लगानी एक दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह एक सय ४२ दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक एक सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अंकले बढेको छ ।

आजको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

साताकाे चर्चित
सम्बन्धित