अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।​

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले  भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणको दूरदृष्टि तय गरी आयोगले काम गरिरहेको बताए ।
प्रमुख राईले राष्ट्रिय विकास र सार्वजनिक सेवामा जनताको सरल र सहज पहुँच स्थापित गरी भ्रष्टाचार न्यूनीकरणको लक्ष्य तथा संस्थागत सुदृढीकरण, निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक विधिमार्फत उद्देश्य प्राप्त गर्ने प्रयास भइरहेको बताए। विकास निर्माण तथा आयोजना व्यवस्थापनमा आयोग बाधक नभई विकास निर्माणको गुणस्तर कायम गर्न सहयोग पुर्‍याउन क्रियाशील रहेको बताउँदै उनले राष्ट्रिय गौरवकालगायतका अन्य आयोजना समयमै गुणस्तरीयरुपमा पूरा गर्न सहयोगी हुने गरी अनुसन्धान गरिने प्रतिबद्धता जनाए।सार्वजनिक जग्गा अतिक्रमण, सरकारी बजेट हिनामिना र राजस्व असुलीमा भ्रष्टाचार गर्ने तथा घुस लिने लगायतका प्रवृत्ति नियन्त्रण गर्न आयोग कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रमुख आयुक्त राईले कसैप्रति पूर्वाग्रह नराखी संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न केन्द्रित रहेको दृढता व्यक्त गरे । ​

उपचारत्मक रणनीति अन्तर्गत उजुरी दर्ता, छानबिन, अनुसन्धान, तहकिकात र अभियोजन तथा कानून निर्माण, संशोधनका लागि सुझाव दिँदै आयोगले सम्बद्ध पक्षलाई जिम्मेवार बनाउने निरोधात्मक रणनीतिलाई आत्मसात गरिरहेको उनको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित