सोमबार सुनको भाउ स्थिर
सोमबार सुनको भाउ स्थिर
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं।

नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा स्थिर रहेको हो।

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

साताकाे चर्चित
सम्बन्धित