राजेन्द्र लिङदेन , नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छ
राजेन्द्र लिङदेन , नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छ
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तापक्ष आफैंले नागरिकताको विषयमा राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए ।

त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट विधेयक पारित गर्न आफूहरूको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाइ थियो ।

सत्तापक्षले नेपालीलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै उनले आपत्ति जनाए ।

‘नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरूले विरोध गर्‍यो भनेर एउटा भाष्य निर्माण भइराखेको छ ।

हामीले कुनै पनि नेपाली जसका बाबुआमा नेपाली नागरिक छन् । उनीहरूले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौं,’ उनले भने, ‘हामीले प्रक्रियाका कुरा गरेका छौं । छलफल गरेर लैजाऊ भनेका छौं ।’

साताकाे चर्चित
सम्बन्धित