गुठिचौरमा ढुङ्गाले थिचिएर ४५ वर्षीय महिलाको मृत्यु
गुठिचौरमा ढुङ्गाले थिचिएर ४५ वर्षीय महिलाको मृत्यु
    • उमेश बुढा

    • ५ असार २०८०, मंगलवार

 जुम्ला ।

जुम्लाको गुठिचौर गाउँपालिकामा ढुङ्गाले थिचिएर ४५ वर्षीय महिलाको सोमबार मृत्यु भएको छ ।

गुठिचौर ४ की सत्यदवी अधिकारीको ढुङ्गाले थिचिएर मृत्यु भएको हो । उखाडी गाउँको सादनी सिँचाइ कुलो निर्माणको काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर उनि घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी धर्मराज जोशीले बताए ।

उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याएको थियो । अधिकारीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित