चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चाउद्धार
चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चाउद्धार
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चा (केटो) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ ।

आमासँग छुट्टिएर बसेको अवस्थामा असार १ गते उद्धार गरी ल्याइएको उनले जानकारी दिए ।

यस आर्थिक वर्षमा यससहित २ गैंडाको बच्चाको उद्धार गरिएको छ । बाटुली पोखरी क्षेत्रबाट १ वर्षको भाले बच्चालाई उद्धार गरी कोषमै राखिएको छ ।

यसअघि उद्धार गरी हुर्काइएका पुष्पा र अञ्जली नामका २ गैंडालाई गत जेठ ३१ गते निकुञ्जको लामितालमा लगेर छाडिएको छ ।

साताकाे चर्चित
सम्बन्धित