प्रदेश मन्त्रीको निधनमा प्रतिनिधि सभामा पहिलो पटक शोक प्रस्ताव
प्रदेश मन्त्रीको निधनमा प्रतिनिधि सभामा पहिलो पटक शोक प्रस्ताव
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

काठमाडाैं  ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गर्ने भएको छ ।

प्रदेश सांसदको निधनमा प्रतिनिधि सभामा पहिलो पटक शोक प्रस्ताव पारित गर्न लागिएको हो । बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रदेश सांसद एवं मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित गरेर दोस्रो बैठकमा नियमित कार्यसूचीमा प्रवेश गर्ने कार्यक्रम छ । ‘प्रदेश सांसदको निधनमा शोक प्रस्ताव पारित गर्न लागिएको यो पहिलो पटक हो, मन्त्री भएका कारण प्रस्ताव पारित गर्ने सहमति भएको हो’ संसद सचिवालयका एक अधिकारीले भने ।

यसअघि संघीय संसद या संविधानसभाका सदस्यको निधनमा मात्र शोक प्रस्ताव पारित गर्ने गरिएको थियो । बझाङमा मंगलवार भएको दुर्घटनामा मन्त्री सिंहको निधन भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित