वेस्ट इन्डिजविरुद्धको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य
वेस्ट इन्डिजविरुद्धको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य
    • Bell Sanchar

    • ७ असार २०८०, बिहीबार

काठमाडौं ।

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले ३ सय ४० रनको विजयी लक्ष्य पाएको छ ।

बलिङमा आक्रामक शुरूआत गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पाएको हो ।

५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजका लागि शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्‍याए ।

कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा  करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको  छ।

नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।

नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित