जुम्लामा लागूऔषध सहित दुईजना पक्राउ
जुम्लामा लागूऔषध सहित दुईजना पक्राउ
    • उमेश बुढा

    • ७ असार २०८०, बिहीबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका २ बस्ने २३ वर्षीय खुम वहादुर रावत र तिला २ घर भई हाल चन्दननाथ नगरपालिका ४ भारतीवाडा डेरा बस्ने २६ वर्षीय प्रकाश बाेहाेरालाई लागूऔषध सहित प्रहरीले बुधबार राती पक्राउ गरेकाे हाे ।

ब्राउन सुगर जस्ताे देखिने पदार्थ ४० मिलिग्राम सहित दुई जनालाई पक्राउ गरेकाे थियाे । विशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएकाे प्रहरीले प्रकाश बाेहाेराकाे काेठा तलासी गर्दा भेटाएकाे हाे ।

थप अनुसन्धानकाे क्रममा उनिहरुले लागूऔषध चन्दननाथ नगरपालिका ५ बस्ने २२ वर्षीय मनाेज सुनारबाट किनी ल्याएकाे खुल्न आएपछि सुनारलाई समेत प्रहरीले पक्राउ गरेकाे छ । यस सम्बन्धमा थप प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

साताकाे चर्चित
सम्बन्धित