काठमाडौं ।
मुलुकमा विदेशी लगानी अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले थप कानुनी सहजीकरण गर्ने भएको छ । आइतबार घोषणा गरिएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा भनिएको छ ।