यस्तो मोड आयो’ बोलको गीत सार्वजनिक
यस्तो मोड आयो’ बोलको गीत सार्वजनिक
    • Bell Sanchar

    • १४ श्रावण २०८०, आईतवार

काठमाडौ ।

गीतकार सत्यकला लामाको शब्द, गायक जितु लोप्चनको स्वर र संगीतकार विशाल कल्तनको संगीतमा ‘यस्तो मोड आयो’ बोलको गीत सार्वजनिक भएको छ ।

एएमएस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतमा उर्गेन दोङको एरेन्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रेम र वियोग थिममा आधारित यस गीतको भिडियोमा नयन सिंह, संझना बुढाथोकी, अन्सोन कार्की, कुमार कार्की र सारदा गिरी (काली बुढि) फिचर्ड छन् ।

विजय दोङ्ग निर्देशित भिडियोमा जितु तामाङ्गको छायांकन, सम्पादन तथा कलरिङ्ग रहेको छ ।

भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित