काठमाडाैं ।
वर्षाका कारण अवरुद्ध भारत र पाकिस्तानबीचको खेल स्थानीय समय अनुसार ४:४० (नेपाली समय ४:५५) बाट सुचारु हुने भएको छ ।
एसिया कपअन्तर्गत श्रीलंकाको कोलम्बोमा जारी खेल आइतवार वर्षाका कारण २४ ओभर १ बलमा रोकिएको थियो ।
खेल रोकिँदासम्म भारतले २ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
‘रिजर्भ डे’ राखिएकाले आइतवार रोकिएकै स्थानबाट आज खेल हुन लागेको हो । अहिलेसम्म ओभरमा कुनै कटौती गरिएको छैन ।फेरि वर्षाले खेल अवरुद्ध भएमा पाकिस्तानले कम्तीमा २० ओभर ब्याटिङ गर्न भ्याउने अवस्था भए मात्र नतिजा आउनेछ ।
अन्यथा दुवै टोलीले १-१ अंक बाँड्नेछन् ।
नेपाल र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सम्मिलित सुपर ४ बाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।