अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन   
     अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन   
    • Bell Sanchar

    • २६ भाद्र २०८०, मंगलवार

मुग्लिन,

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उहाँले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित