दोहोरो अंकले घट्यो नेप्से
दोहोरो अंकले घट्यो नेप्से
    • Bell Sanchar

    • २६ भाद्र २०८०, मंगलवार

 काठमाडौं ।

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो ।

मंगलबार सेयर बजार १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा रोकिएको छ ।

मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।

मंगलबार शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ ।

सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित