पूर्वपश्चिम राजमार्गमा बम विस्फोट
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट
    • बेल संचार

    • ३१ भाद्र २०८०, आईतवार

काठमाडौं ।

बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बम विस्फोट भएको छ ।

राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ नजिकैको राजमार्गमा गएराति बम विस्फोट भएको हो ।

उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ ।

विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।

आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो ।
सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

विस्फोटबाट मानवीय क्षति भएको छैन । तर सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए ।
पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित