कुन–कुन शाखाबाट नयाँ नोट पाइन्छ ?
कुन–कुन शाखाबाट नयाँ नोट पाइन्छ ?
    • Bell Sanchar

    • ३० आश्विन २०८०, मंगलवार

काठमाडौं ।

यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट आज (सोमबार)देखि साटेका छन् ।

एक व्यक्तिले १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । गत वर्ष पनि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ नै साट्न पाउने व्यवस्था थियो ।

आजदेखि साट्न पाउने भएसँगै नेपाल राष्ट्र बैंकमा लामो लाइन लागेको छ । तर, राष्ट्र बैंकबाहेक सञ्चालित २० वटा वाणिज्य बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइन्छ ।

वाणिज्य बैंकका सबै शाखाका कार्यालयबाट नयाँ नोट साट्न भने पाइँदैन । वाणिज्य बैंकहरूले निश्चित शाखा कार्यालयहरू तोकेका छन् । केहीले भने शाखा कार्यालय तोकेका छैनन् ।

सिटिजन्स बैंंक
बैकले काठमाडौंको दरबारमार्ग, कलंकी, न्यूरोड, मैतीदेवी, थापाथली, कमलादी, नयाँ बानेश्वर, सामाखुसी, धुम्बाराही, बौद्ध, कीर्तिपुर शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ ।

ललितपुरको थसिखेल र भैसेपाटी तथा भक्तपुरको ठिमी र सूर्यविनायक शाखा कार्यालयबाट साट्न पाइनेछ ।

बैंकले आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि ३ बजेसम्म नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । तर, शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १२ः३० सम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिएको छ ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले थापाथली, धापासी, भैँसेपाटी र व्यासी विस्तारित काउन्टरबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ ।

बैंकले आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि ४ बजेसम्म नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । तर, शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नयाँ नोट सटही सुविधा दिने बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबलले काठमाडौंका कान्तिपथ, कमलादी, धापासी, ललितपुरको पुल्चोक (जावलाखेल) र भक्तपुरको सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ ।

बैंकले आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नयाँ नोट सटही सुविधा दिने बताएको छ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिइएको छ ।

माछापुच्छ्रे बैंक
काठमाडौंको जाजिम्पाट, ललितपुरको पुल्चोक (जावलाखेल) र भक्तपुरको कौशलटार शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । बैंकिङ समयमा नयाँ नोट सटही सुविधा दिने बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंक
एनएमबिले काठमाडौंका सीतापाइला, कान्तिपथ, चाबहिल, बसुन्धारा र बागदरबार तथा भक्तपुरको सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ ।

बैंकले यी शाखा कार्यालयबाट दिउँसो १ बजेदेखि ३ बजेसम्म नयाँ नोट सटही सुविधा दिने बताइएको छ । यो बैंकले पनि प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० सम्म नयाँ नोट सचही सुविधा दिने बताइएको छ ।

सिद्धार्थ बैंक
काठमाडौंको हात्तीसार, बौद्ध, ललितपुरको जावलाखेल र भक्तपुरको गठ्ठाघर शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यो बैंकले बिहान ११ बजेबाट १ बजेसम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिएको छ ।

लक्ष्मी सनराइज बैंक
काठमाडौंको हात्तीसार, गैह्रिधारा, गौशाला, न्यूरोड, कालिमाटी, कालिकास्थान, पुतलीसडक, ललितपुरको पुल्चोक र भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । बैंकिङ समयमा नयाँ नोट सटही सुविधा दिने बैंकले जानकारी दिएको छ ।

प्रभु बैंक
काठमाडौंको नयाँ बानेश्वर, स्वयम्भु शाखा, ललितपुरको कुमारी पाटी र भैसेपाटी, भक्तपुरको ठिमी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ ।

यो बैंकले असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म नयाँ नोट सटही सुविधा दिएको छ । नयाँ नोट सटही समय भने ३ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

कुमारी बैंक
काठमाडौंका पुतलीसडक, पेप्सीकोला, बागबजार, महाराजगञ्ज, टेकु, नयाँ बानेश्वर चाबहिल, ललितपुरको कुमारीपाटी र भक्तपुरको सूर्यबिनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । नयाँ नोट सटही समय बिहान ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

हिमालयन बैंक
काठमाडौंका ठमेल, सीटीसी शाखा र ललितपुरको पाटन शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । नयाँ नोट सटही समय ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

नबिल बैंक
काठमाडौंका लाजिम्पाट, बौद्ध, गुसिंगल, ललितपुरको मंगलबजार र भक्तपुरको कमलबिनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । नयाँ नोट सटही समय बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ ।

प्राइम कमर्सियल बैंक
काठमाडौंको केन्द्रीय कार्यालय कमलपोखरी, सामाखुसी, कालिममाटी, ललितपुरको पुलचोक र भक्तपुरको सूर्यबिनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । नयाँ नोट सटही समय बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

सानिमा बैंक
सानिमा बैंकले भने काठमाडौं उपत्यकाका सबै शाखा कार्यालय र बनेपा तथा नौबिसे शाखा कार्यालयबाट नयाँ नोट साट्ने व्यवस्था गरेको छ । नयाँ नोट सटही बैंकिङ समयमा साट्न सकिने पनि बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित