काठमाडौं
नेपाल प्रहरीले सम्पर्कमा नआएका २२ जना प्रहरी अधिकारीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार हाजिर हुन आउनेबारे सूचना प्रकाशित गरेको छ ।
उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ ।
अन्यथा उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ ।
सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।
यस्तो छ सूचना