असईसहितका २२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउने चेतावनी
असईसहितका २२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउने चेतावनी
    • Bell Sanchar

    • १३ कार्तिक २०८०, सोमबार

काठमाडौं

नेपाल प्रहरीले सम्पर्कमा नआएका २२ जना प्रहरी अधिकारीलाई हाजिर हुन  निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार हाजिर हुन आउनेबारे सूचना प्रकाशित गरेको छ ।

उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ ।

अन्यथा उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ ।

सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।

यस्तो छ सूचना

Untitled

साताकाे चर्चित
सम्बन्धित