कोभिड–१९ विरुद्धको खोप बिक्री घटेसँगै फाइजर कम्पनी घाटामा
कोभिड–१९ विरुद्धको खोप बिक्री घटेसँगै फाइजर कम्पनी घाटामा
    • बेल संचार

    • १५ कार्तिक २०८०, बुधबार

काठमाडौं

कोभिड–१९ विरुद्धको खोप बिक्री घटेसँगै फाइजर कम्पनी घाटामा गएको छ । औषधि निर्माता कम्पनीले तेस्रो त्रैमासिकमा २.४ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ८.६ अर्ब डलर रहेको थियो ।

फाइजरले अक्टोबर १३ मा कोभिड–१९ को दरमा आएको गिरावटका कारण कम्पनी घाटामा गएको जनाएको छ ।

तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी ४२ प्रतिशतले घटेर १३ अर्ब २० करोड डलरमा झरेको छ ।

तर तेस्रो त्रैमासिकमा गैर–कोभिड उत्पादनमा ठोस वृद्धिपछि फाइजर कम्पनीले नयाँ औषधिहरू स्वीकृतिका कारण सन् २०२३ को लक्ष्य हासिल गर्ने बाटोमा रहेको बताएको छ। ‘हामीले हालैका वर्षमा धेरै कोशेढुङ्गा हासिल गरेका छौं जसले हाम्रो वैज्ञानिक आधारको अन्तर्निहित शक्ति र चौडाइलाई जनाउँछ,’ प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले भनेका छन्, ‘यसले संयुक्त राज्य अमेरिका र युरोपमा एब्रिस्भोलाई रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) र कपाल झर्ने र फोक्सोको क्यान्सर र अन्य उपचारहरूको सामना गर्न सरकारी स्वीकृतिहरू दिएको छ ।’

फाइजरले सन् २०२४ सम्ममा वार्षिक ३.५ अर्ब अमेरिकी डलर बचत गर्ने गरी ‘मूल्य समायोजन’ कार्यक्रम रहेको बताएको छ ।

फाइजरका अनुसार कम्पनीले यस वर्ष कुनै पनि शेयर पुनः खरीद गरेको छैन र चौथो त्रैमासिकमा कुनै शेयर खरीदको अपेक्षा पनि गरिएको छैन । ‘प्रि–मार्केट ट्रेडिङ’मा फाइजरको सेयर ०.१ प्रतिशतले बढेको छ ।

साताकाे चर्चित
सम्बन्धित