पश्चिम रुकुममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते, ५ जनाको अवस्था गम्भीर
पश्चिम रुकुममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते, ५ जनाको अवस्था गम्भीर
    • Bell Sanchar

    • ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।

‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।

साताकाे चर्चित
सम्बन्धित