बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
    • बेल संचार

    • ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

सोमबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँमा बढेको छ भने चाँदीको मूल्य १४५० रुपैयाँमा स्थिर छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७००, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १५ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित