राखेप सदस्य सचिवले गरे आफ्नो अख्तियारको चरम अनियमितता : नेपाल खेलकुद महांसघ
राखेप सदस्य सचिवले गरे आफ्नो अख्तियारको चरम अनियमितता : नेपाल खेलकुद महांसघ
    • Bell Sanchar

    • ४ मंसिर २०८०, सोमबार

 काठमाडौं ।

१९ औ एशियन खेलकुद प्रतियोगितामा राखेप सदस्य सचिब टंकलाल घिसिङले आफ्नो अख्तियारको व्यापक अनियमिता गरेको आरोप लागेको छ। आजै बसेको नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

खेल गएको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चिनको होन्जाउ शहरमा सम्पन्न भएको थियो।

सदस्य सचिब घिसिङले आफ्नो अख्तियारिको व्यापक अनियमितता गर्दै उक्त खेलकुदमा सहभागी हुने सन्दर्भमा गरेको कामकार्बाही प्रती नेपाल खेलकुद महासंघले घोर आपत्ति जनाएको छ । सहभागी हुने खेलाडी लगाएत अन्य सहभागीलाई पठाउने सन्दर्भमा चरम लापरवाही गर्दै खेलाडी र खेल जगतको साख गिराउने काम गरेको भन्दै महासंघले बिरोध जनाएको हो। साथै बैठकले केन्द्रबाट नै ५ सदस्य रहेको कार्यदल गठन समेत गरेको कुरा सचिब बिष्णु पुनले समाज खबरलाइ जानकारी गराएका हुन । सदस्य सचिबले गरेको चरम अनियमितता विरुद्ध व्यापक बिरोध गर्ने, सम्बन्धित निकायलाई दबाब दिने र अख्तियारमा मुद्दा हाल्ने समेतका निर्णय गरेको कुरा पुनले जानकारी गराए ।

कार्यदलमा केन्द्रिय सचिब बिष्णु पुन संयोजक रहेका छन, र सदस्य हरुमा बिपिन ढकाल, सिताराम कार्की, केशब ब्यन्जनकार र जेहेन्द्रबिर शाही रहेका छन । नेपाल खेलकुद महासंघ केन्द्रीय पदाधिकारी छैटौं बैठक संघको केन्द्रीय कार्यालयमा सम्पन्न हुँदै उक्त निर्णयहरु गरेको हो ।

बैठकले पाटीले सञ्चालन गर्न लागेको पुष्पलाल मध्य पहाडी यात्रामा स्वयंसेवक भूमिका,भूकम्प बाट प्रभावित जिल्ला जाजरकोट,पूर्वी रुकुममा ६० जना पुननिर्माणको स्वयंसेवक परिचालन गरि मंसिर ७ गते हुने युवा विद्यार्थीको विशेष भेलामा बृहत कमिटी परिचालन र दक्षिण एसियाली खेलकुद कार्यकममा अख्तियार दुरुपयोग गरी अनियमितता गरेको र राखेप भित्र भएका गलत क्रियाकलाप का विषयमा ध्यानाकर्षपत्र बुझाउने सम्मका निर्णय गरी सम्पन्न भएको कुरा सचिब तथा प्रबक्ता तिर्थ बहादुर खड्काले अबगत गराए ।

साताकाे चर्चित
सम्बन्धित