नेकपा जुम्लाले सुत्केरीलाई फलफूल वितरण गर्‍यो
नेकपा जुम्लाले सुत्केरीलाई फलफूल वितरण गर्‍यो
    • उमेश बुढा

    • ८ मंसिर २०८०, शुक्रबार

जुम्ला ।
नेपाल कम्युनिष्ट पार्टी जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकी सुत्केरी महिलालाई फलफूल वितरण गरेको छ ।

पूनर्गठन दिवसको अवसरमा सुत्केरी महिलाहरुलाई वितरण गर्नुका साथै एक आपसमा शुभकामना आदानप्रदान गरेको सेक्रेटरी सफल सीले बताउनु भयो ।

जुम्ला जिल्ला इन्चार्ज आक्रमण सी, सेक्रेटरी सफल सी , जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य कर्ण विश्वकर्मा लगायतको टिम अस्पतालमै पुगेर सुत्केरी र बच्चाको स्वास्थ्य लाभको कामना सहित केरा र फ्रुटी वितरण गरेको थियो ।

दिवसको अवसरमा पार्टीको तर्फबाट सानो सहयोग गर्न पाउँदा जिल्ला इन्चार्ज आक्रमण सीले खुसी लागेको बताउनु भयो ।

फलफूल वितरण पछि पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गर्दै गरिर दिवश मनाएका थिए ।

साताकाे चर्चित
सम्बन्धित