बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ को ट्रेलर सार्वजनिक (भिडिओ)
बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ को ट्रेलर सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • १९ मंसिर २०८०, मंगलवार

काठमाडौं । 

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार रेड चिल्लीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा गैरकानुनी तरिकाले विदेश जाने युवाहरूको कथा देखाइएको छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ।

बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।

यो फिल्म २१ डिसेम्बरदेखि रिलिज हुँदैछ ।

 

साताकाे चर्चित
सम्बन्धित