रवि लामिछानेले सार्वजनिक गरे भिडियो : संसदीय समितिमा भर्चुअल सहभागिता जनाउन नपाएको भन्दै
रवि लामिछानेले सार्वजनिक गरे भिडियो : संसदीय समितिमा भर्चुअल सहभागिता जनाउन नपाएको भन्दै
    • Bell Sanchar

    • २२ मंसिर २०८०, शुक्रबार

 काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय समितिको बैठकमा विदेशबाटै भर्चुअल सहभागिता जनाउन नपाएपछि फेसबूकमार्फत सार्वजनिक प्रश्न गरेका छन् ।

कतारमा रहेका लामिछानेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियोमार्फत प्रश्न गर्न अनुमति दिइएको भन्दै फेसबूकमार्फत प्रश्न सार्वजनिक गरेका हुन् ।

‘म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुरू भएको छ ।

भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दैछु।

आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन् ।’लामिछानेले एनसेलको शेयर बिक्रीका सम्बन्धमा सरकारमाथि प्रश्न उठाएका छन् ।

साथै,  छानबिनका लागि छानबिन समिति बनाइएको भन्दै उनले सिस्टम बनाउनेतर्फ कसैको ध्यान नगएको पनि बताएका छन् ।

हेर्नुहोस्, भिडियो :

साताकाे चर्चित
सम्बन्धित