म्युजिक भिडियोकी चर्चित मोडल जिशु फिल्ममा डेब्यु
म्युजिक भिडियोकी चर्चित मोडल जिशु फिल्ममा डेब्यु
    • Bell Sanchar

    • १७ असार २०८१, आईतवार

काठमाडौं 

म्युजिक भिडियोकी चर्चित मोडल जिशु कोइरालाले फिल्म ‘अस्ट्रेलियन दुल्हा’ मार्फत फिल्ममा डेब्यु गरेकी छिन् । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन चितवनमा भइरहेको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । चितवनमै एमबीबीएस अध्ययनरत जिशु अध्ययनबाट टाइम म्यानेज गर्दै मोडलिङ गरिरहेकी छिन् । म्युजिक भिडियोकी अब्बल कलाकार जिशुले फिल्ममा पनि उत्कृष्ट अभिनय गर्न प्रयत्न गर्ने बताइन् ।

रेहान मियाको पटकथा र निर्देशन रहेको फिल्मले विवाह गरेर डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने र उतै बस्ने युवापुस्ताको पछिल्लो प्रवृत्तिलाई व्यंग्य गर्छ । २५ दिनसम्म चितवनका विभिन्न थलोमा फिल्म छायांकन हुँदैछ ।

फिल्ममा किशोर खतिवडा, प्रवीण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अञ्जन शर्मा, केदार दवाडी, श्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय हुनेछ । अभिनेता खतिवडाको पछिल्लो फिल्म ‘वानर सेना’ एक वर्षअघि रिलिज भएको थियो ।

करुणा फिल्म्स तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘अष्ट्रेलियन दुल्हा’मा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवि कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी ९आर्य० सहनिर्माता छन् । फिल्मलाई आगामी तिहारमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता समेत रहेका मियाले जनाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित