पिपलपातको ब्याज एक प्रयोग
पिपलपातको ब्याज एक प्रयोग
    • महेश रावल

    • १८ असार २०८१, मंगलवार

नेपाली संस्कृति अनुसार अतिथि हाम्रा लागी देवता सम्मान हुन्छन त्यसैले भनिन्छ होला अतिथि देवो भवः अर्थात अतिथि देवता सम्मान हुन्छन । अतिथिलाई कसरी सत्कार गर्ने भन्ने विषयमा विभिन्न कार्यहरु पर्दछन त्यसै मध्यको एक हो कार्यक्रममा आसन ग्रहण गर्ने क्रममा वितरण गरिने ब्याज । ब्याज शब्दको अर्थ खोज्दै जादा वृहत शब्द कोशमा ब्याज भनेको कुनै चित्र वा संकेत भएको धातु कपडा कागत आदि बाट बनाईएको, लुगा वा कोट आदिमा लगाईने चिन्ह भनेको छ ।

यसरी हेर्र्दा हाम्रो समाजको परिवेश अनुसार कुनै पनि कार्यक्रममा अतिथि आसन ग्रहण गर्ने क्रममा सम्पुर्ण अतिथि लाई भब्य आकर्षण रङगीचङगी गोलाकार मुजा पारिएको रिवनले घेरिएर कागजको सुन्दर ब्याज वितरण गर्ने गरिन्छ । प्राय ब्याज कागज तथा रिवन वाट वनाएको हुन्थ्यो केहि वर्ष पहिला मात्र हो यी सबै ब्याज कागज तथा रिवन लाई सिलाई वनाउने गरिन्थ्यो क्रमश समय परिवर्तन सगै अहिले वजारमा यस्ता ब्याज तयारी अवस्थामा भेटिने गर्दछन जसले गर्दा कुनै पनि कार्यक्रम सभा वा सम्मेलन हुदा त्यस्ता ब्याज महगो रुपमा किनेर प्रयोगमा ल्याउने गरिन्छ ।

जसले गर्दा ब्याजमा मात्र मोटो रकम खर्च भईरहेको हुन्छ ।

पुन : तिनै ब्याज प्रयोगमा नल्याउने हुनाले दिन प्रतिदिन त्यसमा खर्च हुने रकम पनि बढ्दै गईरहेको देखिन्छ ।
मैले विधालयमा कार्यक्रम गर्दा पनि यस्ता आयातित ब्याज किन्नमै थुप्रै रकम खर्च गरेको थिए ।

जसले गर्दा समग्र विधालयलाई आर्थिक भार वहन गर्ने असमर्थ भई सकेको थियो । अझ हाम्रा सामुदायिक विधालयको आर्थिक अवस्था कमजोर हुनु त्यहि माथि कहिले काही केहि कार्यक्रम गर्दा ब्याज खादा मालामा मात्र रकम खर्च हुने पिरले मलाई सताई रहन्थ्यो । हरेक कार्यक्रममा उपस्थित हुने अतिथि पाहुनाहरुलाई ब्याजको व्यवस्था अनिवार्यता भईसकेको थियो यसरी क्रमश यो ब्याजको वैकल्पिक उपाय के हुन्छ भनेर म सोच्न बाध्य भए जसले गर्दा खर्च पनि नहोस कार्यक्रम पनि सभ्य होस आन्तुक पाहुना पनि खुसी हुन जस्ता सबै पक्षलाई ध्यानमा राखेर उपायको खोजीमा म रुमल्लिरहेको थिए ।

एक दिन विधालयमा मेरो पहलमा स्थानिय खाद्य परिकार भन्ने मेला लगाउने कुरा बारे विधालयमा छलफल चलाए सबै शिक्षक विधार्थी अभिभावक सबैले यो कार्यक्रम गर्नु पर्छ भन्ने राय सल्लाह आयो म पनि हौसिय र कार्यक्रमको मिति पनि तोकियो स्थान श्री हिमा आधारभूत विधालयमा आयोजना गर्ने निर्णय गरियो । हामी सवै व्यवस्थापन तिर जुट्यौ सवैलाई जिम्मेवार बाडफाड गरियो ।

मैले पनि मेरो भागमा ब्याज व्यानर र खादा माला वनाउने जिम्मा राखे मैले सोचि सकेको थिए यस पाली आयातित ब्याज खादा र माला पनि स्थानिय स्तरमा नै उत्पादन भएको भए झन राम्रो हुन्थ्यो भन्ने मेरो सोच थियो तसर्थ मैले पिपलको पातलाई नै ब्याज वनाउने निर्णय गरे ।

हिन्दु धर्ममा पनि पिपलको निकै महत्व छ । हिन्दु धार्मिक मान्यताले पिपलको रुखमा ब्रह््रा , विष्णु र शिवको बास हुन्छ भन्ने विस्वास पनि रहेको छ । त्यसैले महत्वपुर्ण धार्मिक कर्ममा अनिवार्य रुपमा पिपलको प्रयोग गर्ने गरेका छन । वातावरणीय दृष्टिकोणले पिपल कार्वन धेरै सोस्न सक्ने र अक्सिजन पनि उतिकै प्रवाह गर्ने सक्ने वनस्पतिका रुपमा चिनिने भएकाले मैले पिपलको पात नै छनोट गरे ।

त्यसमा लेख्नको लागी टिपेक्सको प्रयोग गर्ने सोचे र लेखे पनि त्यो वेला पिपलको पातमा टिपेक्सले नै प्रमुख अतिथि सभापति र अतिथि लेखे । हेर्दा आकर्षण देखियो अनि मैले निर्णय गरेकी यो पटक यहि ब्याज वितरण गर्ने सगै खादाको सट्टा माला मात्र प्रयोग गर्ने जुन हाम्रो स्थानिय फूल,जौ अनि धुपि बाट निर्मित हुन । यसरी तयार गदै गर्दा मनमा डर पनि पैदा भएको थियो अतिथि ज्यूहरुलाई का पात वाडेको छ ? पातमा पनि ब्याज हुन्छ र ? भनेर रुष्टता पोख्दछन कि जस्तो पनि लागीरहेको थियो डरका बावजुद पनि मैले पिपलको ब्याज नै वितरण गर्ने अठोट गरे ।

त्यसोत महात्मा राजा रन्तिदेवले फल मुल र पत्ताहरु द्धारा एक पटक क्रषिमुनिहरुको पुजन गरेका थिए । यहि पुजन बाट पनि क्रषिमुनिलाई सन्तुष्ट पारेका थिए जसका कारण उनलाई उत्तम लोकको प्राप्ति भएको थियो भन्ने पौराणिक कथाहरुहरुमा उल्लेख छ । तसर्थ मलाई लोकको प्राप्ति गर्ने मन थिएन मात्र यो कार्यको थालनी गर्ने थियो पिपलपातको ब्याज ।
कार्यक्रम सुरु भयो खादाको सट्टा माला दिन केहि नौलो थिएन नौलो थियो त ब्याज वितरण । ब्याज वितरण गर्ने सर म्याडमहरु पनि केहि अप्ठेरो महसुस गरेको अनुहार छर्लङगै देखिन्थ्यो त्यसका बाबजुद पनि सवै अतिथि लाई ब्याज वाड्यौ । त्यहा एकै छिन म माथि भएको डरको सट्टा खुसिको तरङग फैलिन थाली सकेको थियो । सवै अतिथि पाहुना आफु आफु मुखामुख गदै थिए यो महेश सरले कस्तो तरिका अपनाउनु भएको होला ! पिपलपातको ब्याज बनाउने कार्यमा सबैले मेरो प्रशंसा गर्दा बल्ल मलाई सन्तुष्टि सगै खुसिको महशुस भएको थियो । हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाही प्रमुख अतिथि हुनु भएको त्यो कार्यक्रममा पुरै रुपमा स्थानिय उत्पादन संग मात्र सम्बन्धित रहेको थियो ।

उहाँले यति धेरै खुसि ब्यक्त गर्नु भयो फलस्वरुप मैले त्यस पछिका कार्यक्रममा पिपलपातको ब्याज र फूलमाला मात्र प्रयोग गर्ने गरे । पर्यावरणिय रुपमा होस या मुल्यका हिसावले होस यो कार्य निकै प्रशंसनिय रहेको थियो । पछि मेरो नेत्रृत्वमा मेरो विधालयमा खादा र आयातित ब्याज प्रतिवन्ध लगाए यहि कार्यलाई राम्रो मानेर हिमा गाउँपालिकाले पनि आफना अधिकांस कार्यक्रममा आयातित ब्याज बन्द गरि पिपलपातको ब्याज लाई निरन्तरता दिईरहेको छ यस कार्यमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर शाही ज्यू ले पनि हिमामा आयोजना हुने अधिकांश कार्यक्रममा यो ब्याज लाई प्रयोग गर्नेमा जोड दिई राख्नु भएको छ ।

भरखरै मात्र सम्पन्न भएको कर्णाली प्रदेश मै पहिलो पढाई मेला हिमाले आयोजना गरेको थियो स्व कार्यक्रममा पनि पिपलपातको ब्याज नै प्रयोगमा ल्याईएको थियो यसरी हाल जुम्ला जिल्लामा हुने गरेका थुप्रै कार्यक्रममा पनि यहि ब्याजलाई सिकोको रुपमा प्रयोग गदै आइृरहेका छन ।
यसरी मैले सानो विधालयको सानो कार्यक्रममा प्रयोग गरेको एउटा पिपलपातको ब्याज जिल्ला भरी फैलिएको छ । समयानुकुल यस पातमा लेख्ने शैलि परिवर्तन गरेको छु । टिपेक्सको सट्टा ईनामेल र ब्रस ले लेख्दा अझ आकर्षक र टाढै बाट देखिने गर्दछ । यहि कार्यलाई थुप्रै संघ सस्था स्थानिय तहले प्रयोग गदै आईरहेको देखेर म आफुलाई गौरवान्वित ठान्दछु ।

एउटा सानो सोचले पनि ठुलो कार्यको थालनी गर्ने सकिदो रहेछ भन्ने आत्म विस्वास विकास भएको छ ।
अहिले हरेक कार्यक्रममा अतिथि ज्यू हरुको वाँया पट्टिको छातिमा सजिएको पिपलपातको ब्याज देख्दा मलाई औधि खुसि लागेर आउने गर्दछ ।

 

महेश रावल
प्र.अ हिमा आधारभूत विधालय कोईरेली

साताकाे चर्चित
सम्बन्धित