भक्तपुर ।
भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेको छ । यो मेसिन दुई वर्षअघि नै भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो ।
लामो समय थन्किएर बसेको यस मेसिनलाई आन्तरिक स्रोत जुटाएर सञ्चालनमा ल्याइएको हो । दोस्रो रेडियोथेरापी मेसिन जडान भएसँगै बिरामीले पालोका लागि महिनौँसम्म पर्खनुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ । नयाँ मेसिनबाट अति विपन्न र गरिबहरूलाई नि:शुल्क सेवा दिइएको अस्पताल प्रशासनको भनाई छ ।