काठमाडाैं |
राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।