काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् । त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।