काठमाडाैं |
गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनामा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब नौ बजे २५ मिटरमाथिबाट आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।
उनका अनुसार लेदोले पुरिएर स्थानीय गोरे विक, हुकुम विक, मुसुरी विक र साढे दुई वर्षकी रिएन्सी विकको मृत्यु भएको हो ।