बोर्ड टाँसिएको, भित्ता भत्किएको
बोर्ड टाँसिएको, भित्ता भत्किएको
    • उमेश बुढा

    • २२ श्रावण २०८१, मंगलवार

 जुम्ला ।

सिँजा गाउँपालिका २ स्थित चुलेलगाउँमा कृषि समुहको भवनमा बोर्ड टाँसिएको छ । तर भवनको भित्ता भत्किएको छ ।

आर्थिक वर्ष २०७७र ०७८ को कृषि कार्यालय जुम्लाले रु ४ लाख बेरथाप्ला कृषि समुह चुलेलगाऊँलाई दिएर कृषि समुहले बनाएको पूर्व वडा सदस्य पूर्ण चन्द आचार्यले बताउनु भयो । भवन निर्माण भइसके पछि, अहिले सम्म यो भवन प्रयोगमा आउँन सकिरहेको छैन। आचार्याले भने, भवनको बाहिरी ढोका पट्टी अहिलेको स्थानीय सरकारले गाउँ घर क्लिनिक भनेर बोर्ड टाँसेको छ । तर भवनको चारै कुना तर्फ हेर्दा जिर्ण देखिन्छ ।

बेरथाप्ला कृषि समुहका अध्यक्ष बलसिह वडका अनुसार काठ, ढुङ्गा, माटो र जस्तापाताले २ कोठे भवन निर्माण गरि सके पछि २०७९ साल असोज महिनाको अविरल वर्षाले गर्दा भवनको माथि पट्टि पहिरो आएर भवनको भित्ता भत्काएको हो । त्यति मात्र नभएर भवन पनि जिर्ण बनाई दिएको वडले बताए । त्यस पछि मर्मत गर्ने कुनै बजेट नपाए पछि, अहिले सम्म भवन जिर्ण रहेको हो ।

सोहि वडा अध्यक्ष तिर्थ वडका अनुसार चुलेलगाऊँमा लगभग ८० घरधुरीलाई वडा नम्बर २ को स्वास्थ्य केन्दमा जानलाई टाढा भएकोले गाउँघर क्लिनिक भनेर बोर्ड टाँसेका हौं । अब यस भवनलाई मर्मत गरेर प्रयोगमा ल्याउने कि त्यहीँ ठाउँमा अर्को नयाँ भवन लगाउने भन्ने विषय सम्बन्धि स्थानीयसँग छलफल भई रहेको वडा अध्यक्ष वडले बताए ।

गाउँ घर स्वास्थ्य क्लिनिक भनेर बोर्ड टाँसिएको छ, भवनको भित्ता भत्किएको छ, भवनको सारैतिर झारपात उम्रिएको छ, भवन बाँझिएको छ, भवन भेडी गोठ बनेको छ, राज्यको रकम सहि तरिकाले प्रयोग भएको छैन ।

सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार मासिक रुपमा ८ गते गाउँघर क्लिनिक सञ्चालन भएको छ । भवनको अवस्था नाजुक भएको हुनाले सो भवनको नजिकै भएको प्रतिक्षालयमा मासिक रुपमा सञ्चालन हुने गरेको प्रमुख रोकायाले बताए । औषधी र स्वास्थ्य कर्मीहरु मासिक रुपमा आधारभूत स्वास्थ्य केन्द्र विष्टवाडाबाट जाने र सेवा दिने गर्ने काम भएको, भवन स्वास्थ्यको नभएर कृषिको भएको खालि भएर स्वास्थ्यको गाउँघर  क्लिनिक सञ्चालन गरेको २०८० साल असोज २२ गतेबाट उक्त भवनमा सेवा बन्द भएर नजिकैको प्रतिक्षालयमा सञ्चालन गरेको, मासिक २२ गते चुलेलगाउँमा जेष्ठ नागरिक घरदैलो कार्यक्रम सञ्चालन समेत गरेको रोकायाले जानकारी दिनु भयो ।

 

साताकाे चर्चित
सम्बन्धित