काठमाडाैं ।
नेवार समुदायले मनाउने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले भदौ ४ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी भदौ ४ गते बिदा दिने निर्णय भएको जनाएको हो ।
गत शुक्रबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
भदौ ३ गते जनै पूर्णिमाको दिन भने देशभर नै सार्वजनिक बिदा छ ।