काठमाडौँ ।
काठमाडौँ उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ ।
दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् । काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ । आज गाईजात्राको दिन वसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइएको छ ।
बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ ।
साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने गर्दछन् ।