प्रधानमन्त्रीओलीपछि आरजु
प्रधानमन्त्रीओलीपछि आरजु
    • बेल संचार

    • १० भाद्र २०८१, सोमबार

काठमाडाैं |

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको थियो ।

उक्त समझदारीलाई प्रधानमन्त्रीले साउन ६ गते विश्वासको मत लिँदा संसदमै ‘नोटिस’ गराए ।

यतिमात्रै होइन, सचिवहरूलाई निर्देशन दिँदै ओलीले प्रधानमन्त्री भएको असार ३० को मितिबाट २ वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि नै राजीनामा दिने बताए ।

संसद्का सबैभन्दा ठूला २ दलको सहमतिमा ओलीपछि देउवा चुनावी प्रधानमन्त्री बन्ने बलियो आधार देखिँदै आएको थियो ।

तर, परराष्ट्रका मन्त्रीका रूपमा भारत भ्रमणमा गएका बेला प्रधानमन्त्रीसरहको महत्त्व पाएपछि आरजू राणा देउवालाई पहिलो महिला प्रधानमन्त्रीका रूपमा हेरेर राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । भारतबाट आरजु फर्केको तेस्रो दिन प्रधानमन्त्री ओलीले नै उनको महत्त्व बढाउने हिसाबले बोलेका छन् ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, तर छिट्टै बनाउने बारेमा सोचिराखेको छु,’ ओलीले शनिबार काठमाडौंमा आयोजित ‘युथ कन्क्लेभ २०२४’ मा भने, ‘म यस्तो सौभाग्यशाली मान्छे हुँ, जसले देशको पहिलो महिला राष्ट्रपति बनायो । मेरै समयमा पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख र पहिलो महिला रक्षामन्त्री हुनुभयो । अहिले आउनेबित्तिकै मौका पाएँ र महिला मुख्यसचिव बनाइहालें ।’

आरजुले भारतमा अर्थपूर्ण महत्त्व पाएर फर्किएलगत्तै महिला प्रधानमन्त्रीको कार्ड फालेर ओलीले बूढानीलकण्ठ (देउवा निवास)लाई आश्वस्त पार्न खोजेका छन् । कांग्रेस स्रोत पनि पार्टी र सरकार दुवैतिर आरजुको प्रभाव र पहुँच देखिन थालेको बताउँछन् ।

‘यसअघि संसदीय दलको नेतामा देउवा जित्दा रामचन्द्र पौडेल उनको पक्षमा खुलेर लागेका होइनन् । तर, जब पौडेल राष्ट्रपति बने तब आरजुको सम्भावना अझ बढेर गयो । अब त भारतले नै खुला रूपले महत्त्व दिएपछि आरजुलाई कांग्रेसको शक्तिमा आउनबाट कसैले रोक्न सक्ने देखिएको छैन,’ कांग्रेसकै एक नेताले भने ।

‘पहिलो ठूलो दल कांग्रेससँग भर्खरै समीकरण बनेकाले यसको सहजताका लागि ओलीजीले आरजुलाई इंगित गर्दै पहिलो महिला प्रधानमन्त्री बनाउने आशयको रणनीतिक कार्ड फ्याँक्नुभएको छ,’ कांग्रेसनिकट स्रोत भन्छ, ‘देउवा राजनीतिका सबैभन्दा चतुर खेलाडी हुन् । वर्षौंसम्म राजनीतिलाई आरजुले नजिकबाट छामेकी छिन्, देखेकी छिन्, भोगेकी छिन् । भारत भ्रमणबाट अब सत्ता र कांग्रेसको राजनीतिमा आरजुको प्रभाव देखिन थाल्यो भन्ने संकेत मिल्छ ।’

प्रधानमन्त्रीलाई नदिएको सम्मान भारतले आरजुलाई दिनुले अब उनी ठूलो पार्टीको शक्तिशाली नेताको रुपमा दरिँदैछिन् भन्ने प्रस्ट र बलियो संकेत मिलेको दाबी उक्त स्रोतले गर्‍यो ।

‘भारतले प्रधानमन्त्रीलाई नदिएको सम्मान परराष्ट्रमन्त्रीलाई दियो । प्रधानमन्त्री नरेन्द्र मोदीले एकदमै सम्मान र महत्त्व दिएर यसरी नेपाली नेतालाई भेटेको दुर्लभै देखिन्छ,’ स्रोत भन्छ, ‘ओलीले नै बोलिसक्नुभयो । पालो आउँदा देउवाले दिन्नँ भने समस्या हुने हो, अन्यथा एमालेसँगको समीकरण कायम रहिरहे ओलीपछि आरजु नै प्रधानमन्त्री हुने हो ।’

अहिले कांग्रेसमा देउवा संसदीय दलको नेता छन् । तर, प्रधानमन्त्री बन्ने बेलामा आरजु सहजै दलको नेता चुनिने कांग्रेस नेताहरू बताउँछन् ।

‘यसअघि संसदीय दलको नेतामा देउवा जित्दा रामचन्द्र पौडेल उनको पक्षमा खुलेर लागेका होइनन् । तर, जब पौडेल राष्ट्रपति बने तब आरजुको सम्भावना अझ बढेर गयो । अब त भारतले नै खुला रूपले महत्त्व दिएपछि आरजुलाई कांग्रेसको शक्तिमा आउनबाट कसैले रोक्न सक्ने देखिएको छैन,’ कांग्रेसकै एक नेताले भने ।

यसअघि पोजिसनमा नरहे पनि देउवानिकट रहेर आरजु राजनीतिक पर्दाभित्रका सबै प्रक्रिया र अभ्यासको साक्षी बनेकी छिन् । ठूलो दलको छहारीमा यसपटक भारतको पनि ‘ग्रीन सिग्नल’ पाएपछि अब पार्टीमा पनि उनले माहोल बनाउने दाबी नेताहरू गर्छन् ।

‘आरजु देउवाकी श्रीमती मात्रै होइनन्, पढेलेखेकी, राजनीति प्रक्रियालाई नजिकबाट देखेकी, भोगेकी र अप्रत्यक्ष सामेल भएकी नेत्री हुन् । अहिलेसम्म सरकारगत पोजिसन के हुन्छ भन्ने थियो,’ कांग्रेस स्रोत भन्छ, ‘यसपटक भारतले ग्रीन सिग्नल दियो । उताबाट आएपछि यता माहोल बनिरहेको छ । अझै बन्दै जान्छ । अब आरजुलाई नेपाली राजनीतिको फ्रन्टलाइनमा आउनबाट कसैले रोक्न सक्दैन ।’

संस्थापन पक्ष फुटेर छरपस्ट हुनुबाट नै आरजुको दिन खुलेको रूपमा व्याख्या हुन थालेको छ ।

‘१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई सबैले सहयोग गरेको भए उनी सभापतिमा जित्थे । तर, तीन कोइराला तीनतिरजस्तो भए । कृष्ण सिटौला र गगन थापाहरू पनि सँगै भएनन्,’ कांग्रेसका अर्का एक नेता भन्छन्, ‘१४ औं महाधिवेशनमा पनि तीन कोइराला तीनतिरै पुगे । गगनसहितका नेता इतर पक्षमा जम्मा भए पनि प्रकाशमान, सिटौला कोही सँगै रहेनन्, यसैले देउवाले फेरि जिते ।’

त्यतिखेर एक भएको शेखर–गगन समूहसमेत फुटेपछि देउवालाई आफू अनुकूलको नेतालाई जिम्मेवारी सुम्पने स्थिति सहज भएको छ । ‘१४ औं महाधिवेशन लगत्तैदेखि शेखर– गगन समूहमा फाटो आएको संकेत गगनले संसदीय दलको चुनावमा २५ भोट मात्र पाउनुले गर्छ,’ कांग्रेस स्रोत भन्छ, ‘जब रामचन्द्र पौडेललाई देउवाले राष्ट्रपति बनाइदिए, तब आरजु दलको नेतामा उठिन् भने रामचन्द्रले नै इतरपक्षको मत घटाइदिन्छन् । यसैले अब आरजुलाई कांग्रेसमा गाह्रो छैन ।’

null

देउवापछि बालकृष्ण खाँणले अप्ठ्यारो पार्न सक्ने भए पनि उनीमाथि लागेको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाले सबै कुरा समाप्त गरिदिएको नेताहरू बताउँछन् ।

‘एमालेसँगको समीकरण कायम भइरहे प्रधानमन्त्री बन्नका लागि दलको नेता परिवर्तन हुँदा आरजुले सजिलै चुनाव जित्छिन्,’ स्रोत भन्छ, ‘किनकि पूर्णबहादुरले सक्दैनन् भन्ने छ । आरजुसँगै पनि उनको राम्रो सम्बन्ध छैन । देउवाले आफ्नै राजनीतिक जीवनमा आरजुलाई स्थापित गर्न खोजेका छन् । परिस्थिति बिग्रेर नगए आरजु सिटिङ प्रधानमन्त्रीका रूपमा रहेर कांग्रेसको १५ औं महाधिवेशन हुन्छ ।’

त्यसमाथि संविधानको धारा ७६ (२) र (५) अनुसार प्रधानमन्त्री बन्न दलको नेता चुनिनैपर्ने बाध्यता पनि छैन । प्रधानमन्त्री भएर महाधिवेशन गराए त्यसको प्रभावस्वरूप आरजु शक्तिशाली पोजिसनमा आउने स्थिति बन्ने नेताहरू बताउँछन् ।

यसपटक सरकारमा कांग्रेसबाट उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री प्रकाशमान सिंह छन् । उनी कांग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका हुन् । तर, कांग्रेस उच्च स्रोतका अनुसार मन्त्रीहरूले सिंहलाई भन्दा बढी आरजुलाई मन्त्रालयगत विषयको ‘ब्रिफिङ’ गर्ने गरेका छन् ।

‘अहिले मात्रै होइन, यसअघि विमलेन्द्र निधि उपप्रधानमन्त्री हुँदा पनि रमेश लेखकले आरजुलाई बिफ्रिङ गर्थे । यसपटक सिनियर र आफ्नो टीममा टिकाइराख्ने हिसाबले मात्र प्रकाशमानलाई दलको तर्फबाट नेतृत्व गर्ने गरी मानार्थ जस्तो जिम्मेवारी दिइएको हो,’ कांग्रेस स्रोत भन्छ, ‘अरू मन्त्रीको त के कुरा, गृहमन्त्रीले नै आरजुलाई ब्रिफिङ गर्छन् ।’

केही दिनअगाडि बूढानीलकण्ठस्थित देउवा निवासमा कांग्रेसका सबै मन्त्रीलाई बोलाएर प्रभावकारी र जनताले अनुभव गर्ने गरी कार्यसम्पादन गर्न भनिएको थियो । यस्तो बैठक सके महिनाको दुईपल्ट, नसके एकपल्ट भए पनि गरेर मन्त्रीहरूलाई उत्तरदायी बनाउने र सरकारलाई सहजीकरण गर्ने देउवाको रणनीति छ ।

‘मौजुदा संसद्मा आरजु प्रधानमन्त्री बन्ने सम्भावना छ भनेर चर्चा हुनु स्वाभाविक हो । तर, नेपाली कांग्रेस पार्टीको विधान र संसदीय दलको नेता बन्ने प्रक्रिया पूरा गर्न कति सहज होला ?,’ तिवारी भन्छन्, ‘केपी ओलीले आरजुले भारत जानुअघि भ्रमण दल छोट्याएको नकारात्मक प्रभाव देखियो । भारतीय प्रधानमन्त्रीले महत्त्व दिए पनि आरजुले परराष्ट्र सचिवलाई समेत सँगै राख्न पाउनुभएन । यस्तै गल्तीको प्रायश्चित गर्न ओलीजीले आरजु प्रधानमन्त्री हुन सक्ने भनेर फुर्क्याउनुभएको हुनसक्छ ।’

यता राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भने भारतले परराष्ट्रमन्त्रीलाई सम्मानलाई उसको विदेश नीति फेल खाँदै गएको ‘रियलाइजेसन’का रूपमा बुझ्नुपर्ने बताए ।

‘भारतले सम्मान दिएको भन्दा पनि आफ्ना छिमेकीसँगको सम्बन्ध बिग्रँदै गएपछिको प्रतिक्रिया हो । बंगलादेशमा भारतीय पोलिसी सेटब्याक भयो । त्यसैले हाम्रो परराष्ट्र मन्त्रीलाई गुड ह्युमरमा राख्न देखाएको एउटा व्यवहार हो यो,’ पोखरेल भन्छन्, ‘नेपाललाई पनि महत्त्व दिइएन भने सम्बन्ध तलमाथि पर्छ भन्ने कुरासँग यो जोडिएको छ । साँच्चै भारतले महत्त्व दिन खोजेको हो भने हामीले मागेको एयर रुट दिने, सीमा समस्यामा अग्रसर हुने व्यवहार देखाउनुपर्छ ।’

पोखरेल ओलीले महिला प्रधानमन्त्री खोजी गर्नु देउवालाई खुशी पार्ने ‘कार्ड’ भएको बताउँछन् ।

‘साँच्चै महिला प्रधानमन्त्री खोजेको हो भने आफ्नो पार्टीमा के तयारी गरेको छन् ? ओलीजीले नेतृत्व हस्तान्तरणको कुनै पोलिसी ल्याएका छन् ?’ उनी प्रश्न गर्छन्, ‘शेरबहादुर देउवा दंग पर्लान् भनेर ओलीले महिला प्रधानमन्त्रीको कुरा गरेका छन्, यसलाई त्यति गम्भीरतापूर्वक लिनुको अर्थ छैन ।’

पहिले  आफ्नै पार्टीमा प्रक्रियागत, संरचनागत र विधानगत पुस्तारन्तरणको बाटो खोले मात्र नागरिकले पत्याउने उनको भनाइ छ । अर्का राजनीतिक विश्लेषक शंकर तिवारी अहिले देखिएका नेतामा कांग्रेसबाट आरजु र एमालेबाट विद्या भण्डारीबाहेक कोही पनि भावी प्रधानमन्त्री बन्न नसक्ने बताउँछन् । राष्ट्रपतिबाट बिदा भएकी भण्डारी सांसद छैनन् । यही संसद्को कार्यकालमा सम्भावना भएको आरजु मात्र देखिन्छिन् ।

प्रधानमन्त्री ओलीले अहिले त्यसो भनेर आरजुलाई फुर्क्याउन खोजेको उनको बुझाइ छ ।

‘मौजुदा संसद्मा आरजु प्रधानमन्त्री बन्ने सम्भावना छ भनेर चर्चा हुनु स्वाभाविक हो । तर, नेपाली कांग्रेस पार्टीको विधान र संसदीय दलको नेता बन्ने प्रक्रिया पूरा गर्न कति सहज होला ?,’ तिवारी भन्छन्, ‘केपी ओलीले आरजुले भारत जानुअघि भ्रमण दल छोट्याएको नकारात्मक प्रभाव देखियो । भारतीय प्रधानमन्त्रीले महत्त्व दिए पनि आरजुले परराष्ट्र सचिवलाई समेत सँगै राख्न पाउनुभएन । यस्तै गल्तीको प्रायश्चित गर्न ओलीजीले आरजु प्रधानमन्त्री हुन सक्ने भनेर फुर्क्याउनुभएको हुनसक्छ ।’

साताकाे चर्चित
सम्बन्धित