पदाधिकारी चयन निर्वाचनबाटै, नेकपा एकीकृत समाजवादी
पदाधिकारी चयन निर्वाचनबाटै, नेकपा एकीकृत समाजवादी
    • बेल संचार

    • १० भाद्र २०८१, सोमबार

काठमाडाैं |

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी चयन निर्वाचनबाटै हुने भएको छ । महाधिवेशन भएको दुई महिना पुग्नै लाग्दासमेत विधानअनुसार पदाधिकारी चयन हुन सकेका छैनन् ।

आइतबारदेखि पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाडौंको बानेश्वरमा सुरु भएको छ । बैठकले समीक्षा, कार्ययोजनासहित पदाधिकारी चयन गर्ने बताइएको छ ।

केन्द्रीय सदस्य दिलु पन्तले बैठकबाट सर्वसम्मतिमै पदाधिकारी चयन गर्ने ’मा छलफल जारी रहेको बताइन् । सर्वसम्मतबाट पदाधिकारी चयन हुन नसके लोकतान्त्रिक प्रक्रियानुसार केन्द्रीय कमिटीबाट निर्वाचनबाटै पदाधिकारी चयन हुने उनले बताइन् ।

पदाधिकारीका लागि आकांक्षीको संख्या बढी नै रहेको छ, शीर्ष नेताहरूले सर्वसम्मतिबाटै टुंगो लगाउने गृहकार्य गरिराख्नुभएको छ,’ पन्तले भनिन्, ‘सर्वसम्मतिबाट हुन नसकेको अवस्थामा केन्द्रीय कमिटीबाट लोकतान्त्रिक प्रक्रियानुसार निर्वाचन गरेरै पदाधिकारी चयन गरिन्छ ।’ राजधानी दैनिकमा खबर छ ।

साताकाे चर्चित
सम्बन्धित