उनको जित मेरो हार भो, दिलको मामिलामा : हरिकृष्ण बुढा
उनको जित मेरो हार भो, दिलको मामिलामा : हरिकृष्ण बुढा
    • हरिकृष्ण बुढा 

    • ३० भाद्र २०८१, आईतवार

जुम्ला ।

अझै तिम्रो चुरीफुरी कति सम्म चल्छ
भनिदेउन ए निस्ठुरी कति सम्म चल्छ
विचार गर है हर समय उस्तै रहदैन नि,
त्यो यौवनको हावाहुरी कति सम्म चल्छ ।

मुक्तक २
म झैँ सराब पिउनेहरु कति होलान् कति
फाटेको मन सिउनेहरु कति होलान् कति
कहाँ सबै खुसी छन् र रङ्गीन दुनियाँमा,
पलपल मर्दै जिउनेहरू कति होलान् कति ।

मुक्तक ३
अक्सर चिल्लो बोल्नेहरू विश्वास घाती हुन्छन्
लाग्छ बरू रूखो बोल्ने अल्ली जाति हुन्छन्
जो कमजोर छ उसैलाई नि पीडा अधिक दिने,
यस्तो लाग्छ ईश्वर पनि त पक्षपाती हुन्छन् ।

मुक्तक ४
उनको जित मेरो हार भो दिलको मामिलामा
उतारचढाव बारम्बार भो दिलको मामिलामा
लेखान्तमा नै छैन रहेछ उनको मेरो मिलन हुनु,
कोसिस बने लगातार भो दिलको मामिलामा ।

साताकाे चर्चित
सम्बन्धित