लुम्बिनी विकास काेषका पदाधिकारी र निर्माण  व्यवसायीबिच मंगलबार विवाद
लुम्बिनी विकास काेषका पदाधिकारी र निर्माण  व्यवसायीबिच मंगलबार विवाद
    • बेल संचार

    • ८ आश्विन २०८१, मंगलवार

बुटवल  ।

लुम्बिनी विकास काेषका पदाधिकारी र निर्माण  व्यवसायीबिच मंगलबार विवाद भएको  छ । तीन दिनदेखि  काम गरेको रकम माग गर्दै काेषविरुद्ध  आन्दोलनमा रहेको  निर्माण व्यवसायीहरू र पदाधिकारीबिच तनावको अवस्था भएको हो ।राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक हाेटलमा कार्यक्रम भइरहेको बेला टेकदारहरूको एक हुल होहल्ला गर्दै आक्रमणमा उत्रेको विकास काेषका पदाधिकारीहरूले दाबी गरे ।

काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराज शाक्यमाथि हातपात  समेत भएको लुम्बिनी  विकास काेषका प्रेस सल्लाहकार  विनाेद परिवारले बताए ।

गुरुयोजनाको कामकाे भुक्तानी नपाएको भन्दै आन्दाेलनरत निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको उनको भनाइ छ ।

यता निर्माण  व्यवसायीहरुले भने सामान्य विवाद भएको जिकिर गरेका छन् ।  निर्माण  व्यवसायी सन्ताेष अधिकारले आज विरोधमा कार्यक्रममा लुम्बिनी बचाउ महाअभियान , हाेटल व्यवसायी संघ लगायतमा आवद्धहरु रहेको बताए । उनले आफूहरूलाई प्रहरीले कार्यक्रम स्थलमा प्रदेश गर्न नदिएपछि अहिले लुम्बिनी विकास धर्नामा सुरु गरेकाे बताए।

साताकाे चर्चित
सम्बन्धित