वर्षाका कारण जनजीवन प्रभावित भएपछि काठमाडौंका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्धार
वर्षाका कारण जनजीवन प्रभावित भएपछि काठमाडौंका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्धार

फाेटाे फिचर

    • बेल संचार

    • १२ आश्विन २०८१, शनिबार

 काठमाडौं।

वर्षाका कारण जनजीवन प्रभावित भएपछि काठमाडौंका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्धार गरेका छन् ।

शनिबार दिउँसो साढे २ बजेसम्म काठमाडौंका ८ फरक ठाउँबाट ७७८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार बानेश्वर–शंखमुल क्षेत्रबाट ५ जनाको उद्दार गरिएको छ ।

त्यसैगरी बल्खु– कालिमाटी क्षेत्रबाट ४२५ जना, कीर्तिपुर क्षेत्रबाट ७१ जना, थानकोट नागढुंगा–सुरङमार्ग क्षेत्रबाट १३६ जना (उनीहरुमध्ये १०० जना यात्रु), स्वयम्भू इचंगुनारायण क्षेत्रबाट ३ जना, काठमाडौं–१ बालमन्दिर क्षेत्रबाट ११० जना, कोटेश्वर क्षेत्रबाट २८ जना गरी ७७८ जनाको उद्धार गरिएको उनले बताए ।

अहिलेसम्म ११ जनाको शव भेटिएको र १ जना अझै वेपत्ता रहेको एसपी अधिकारा पुरिएका चार जना भने अझै निकाल्न बाँकी नै ।

इचङ्गुनारायणमा पुरिएका ३ जना र फर्पिङ मख्खुबेसीमा पुरिएका १ जना गरी ४ जनालाई निकाल्न बाँकी रहेको एसपी अधिकारीले बताए । डुबानबाट १ हजार २४४ घरमा क्षति पुगेको छ ।

तस्वीरहरू : 

  

 

साताकाे चर्चित
सम्बन्धित