यौनिकता भनेको व्यक्ति, समाज, र संस्कृति संग सम्बन्धित यौन र यौनिक पहिचानको जटिल संयोजन हो। यसमा यौन आकर्षण, यौन व्यवहार, र यौन पहिचानका भिन्नता समावेश हुन्छन्। यौनिकता मानिसको भावना, मनोवैज्ञानिक र सामाजिक तत्वहरूसँग जोडिएको हुन्छ र यसले व्यक्तिगत र सामाजिक स्तरमा महत्त्वपूर्ण भूमिका खेल्दछ। जुम्लाका १६ जना पत्रकार नागरिक अगुवा संस्थाका प्रतिनिधि गरी २२ जनालाई बृहत् यौनिकता शिक्षा सम्बन्धी तालिम दिईएको छ । यौनिकतालाई विभिन्न रुपमा हेर्ने गरिन्छ ।
जसमा भिन्न भिन्न धर्म प्रचलनका महिला पुरुषहरुले उपभोग गर्ने स्वतन्त्रता र अधिकारहरुका आधारमा वृहत र फरक रुपमा हेरिने गरिएको भन्दै प्लान इन्टरनेशलन नेपालको आर्थिक सहयोगमा पेस नेपाल जुम्लाको आयोजनामा यस्तो कार्यक्रम दुई दिन सञ्चालन गरिने छ ।
त्यस्तै लैङ्गिक तथा यौनिकतासँग सम्बन्धित व्यक्तिगत तथा सांस्कृतिक मूल्य,मान्यता तथा व्यवहारहरुले समाजका हरेक तहका साथ साथै कानुन तथा न्यायिक प्रक्रियामा समेत प्रत्यक्ष प्रभाव पारेको पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।उनले भने,‘यसबाट किशोर–किशोरीले पर्याप्त प्रजनन जोखिमको सामना गरिरहेका छन । त्यस्तै किशोरीहरुमा सही जानकारी र आवश्यक चेतनाको अभावले जटिल गर्भावस्थाको कारण मरिरहेका छन्। यसले पनि अभिभावकीय जिम्मेवारीको बोध पक्कै गरेको छ।
यौन र प्रजनन स्वास्थ्यमा किशोर–किशोरीको अधिकार बढ्दो विश्वव्यापी प्राथमिकता पनि हो। दिगो विकास लक्ष्यमा किशोर–किशोरीलाई स्पष्ट रुपमा समावेश गरिएकोले पत्रकारहरुले लेख्ने हरेक शब्दहरुमा ख्याल गर्न जरुरी छ ।उनले पत्रकारीता जगत समाज रुपान्तरणको महत्वपुर्ण माध्यम हो । त्यसैले यस्तो कुरा त सबैलाई सिकाउन जरुरी छ ।
यो तालिम दुइ दिन सम्म संञ्चालन हुने छ । तर पछिल्लो समयमा यौन तथा प्रजनन स्वास्थ्य भन्ने बित्तिकै यौन सम्पर्कमा सीमित बुझाइ पक्कै पनि घातक सिद्ध भइरहेको छ। त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषयहरूको शिक्षा पत्रकारलाई दिएकोमा आयोजकलाई हार्दिक अभार ब्यक्त गरे ।
उनले पत्रकारलाई सबै कुराको आवश्यक ज्ञान तथा सिपको आवश्यकता छ । उनले दुई दिने बृहत्तर यौनिकता शिक्षा सम्बन्धीतालिम सबै पत्रकारलाई ध्यान पुर्वक सिक्न अनुरोध गरे । त्यस्तै बृहत्तर यौनिकता शिक्षाका प्राविधिक निराजन खड्काले यौनिकता शिक्षा संसारमा धेरै समय अघि सुरू भएको बताए ।
उनका अनुसार तापनि युनिसेफ २००१ का अनुसार, १२ करोड युवा विवाहपूर्व असुरक्षित यौन सम्बन्ध र असुरक्षित गर्भपतनमा संलग्न रहेको कुरा विश्वव्यापी तथ्यांकहरूले देखाउँने गरेको छ । यस पटक जुम्लाका पत्रकारलाई यौनिकताको बारेमा ज्ञान प्रदान गर्ने गरिएको बताए । उनका अनुसार किशोर अवस्था र पालनपोषण, महिनावारी, मित्रता र माया, सुर्तिजन्य प्रदार्थ र मदिरा, लागु प्रदार्थ यौन तथा प्रजनन स्वास्थ्य, बिवाहा गर्भव अवस्था गर्भपतन लगायतका बिषयमा सिकाईने छ ।