काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि लगभग मतदान सकिएको बताएको छ ।
आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
‘लगभग मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ’ चालिसेले भने ।
अधिकांश ठाउँमा मतदान सकिएको जानकारी आएको र जानकारी आउन बाँकी रहेको ठाउँमा पनि मतदान जारी रहेको सूचना नरहेको उनले बताए ।
उनले भने, ‘निर्धारित समय अगावै मतदान सकिएको बुझिएको छ । लाइनमा रहेका कारणले मतदान जारी रहेको भन्ने सूचना छैन ।’